‘यो सर्भे निकै महत्त्वपूर्ण छ त्यसैले ध्यान दिएर मत दिनुहोला ।’

‘यो सर्भे निकै महत्त्वपूर्ण छ त्यसैले ध्यान दिएर मत दिनुहोला ।’

0Shares

फेसबुक, युट्युब, लिंक्डइनलगायतका सामाजिक सञ्जालमा पोस्ट सम्पादन गर्न मिले पनि माइक्रो ब्लगिङ साइट ट्विटरमा भने मिल्दैन ।  सम्पादनको फिचर नहुँदा प्रयोगकर्ताले निकै सजग भएर लेख्नुपर्ने हुन्छ । ट्विटर लन्च भएको १५ वर्ष भइसकेको छ ।

यसबीचमा प्रयोगकर्ताले धेरै पटक सम्पादनको फिचर ल्याउन माग गरिरहेका छन् । ट्विटरका संस्थापक ज्याक डोर्सीले पटक-पटक सम्पादनको फिचर नल्याउने पनि बताएका थिए ।

तर पछिल्लो पटक प्रविधि व्यवसायी एलन मस्कले ट्विटरको सेयर किनेपछि सम्पादनको फिचरबारे पुन: बहस सुरु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मस्कले ट्विटरको ९.२ प्रतिशत सेयर किनेका छन् । मस्कको लगानी भित्रिएसँगै सोमबार ट्विटरको सेयर मूल्य २७ प्रतिशतले बढेको छ ।

अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अनुसार टेस्लाका प्रमुख कार्यकारी मस्कले ट्विटरको ७३ करोड ४८ लाख ६ हजार ९ सय ३८ कित्ता सेयर किनेका छन् । शुक्रबारको सेयर मूल्यअनुसार मस्कले ट्विटरको २.८९ बिलियन डलरबराबरको सेयर किनेका हुन् । मस्कको सेयर संस्थापक ज्याक डोर्सीको भन्दा पनि बढी छ । जोर्सीको ट्विटरमा २.२५ प्रतिशत सेयर छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *