‘स्वतन्त्र व्यक्ति मेयर बने कसैलाई ‘फेवर’ गर्नुपर्दैन’

‘स्वतन्त्र व्यक्ति मेयर बने कसैलाई ‘फेवर’ गर्नुपर्दैन’

0Shares

आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारीका लागि राजनीतिक दलका कार्यकर्ता नेताका घर धाउन थालिसकेका छन् । तर चुनावमा दलका मात्र उम्मेदवार हुँदैनन् । स्वतन्त्र व्यक्तिहरु पनि प्रतिस्पर्धामा उत्रन्छन् । यस्तै स्वतन्त्र उम्मेदवारीकाे तयारी गर्ने मध्येका एक हुन्- र्‍यापर बालेन शाह । काठमाडौं महानगरमा उम्मेदवारी दिने तयारीमा रहेका सिभिल इन्जिनियर शाहले ‘सडक बालिका’,’बलिदान’, ‘आम नेपाली बुवा’, ‘मार्फाको मदिरा’ ,’तिमी फूल’,’नेपाल हाँसेको’, ‘लोकल ठिटो’, ‘सबैलाई हतार छ’, ‘गोर्खाली तोफ’लगायतका र्‍यापमा प्रेमका भावना मात्रै होइन सामाजिक मुद्दा उठाएका छन् ।

युनिक पोइट,एम्सी फ्लोसँगै सन् २००७ देखि र्‍यापमा लागेका उनी कक्षा ९ देखि नै कविता लेखेर त्यसमा र्‍याप गाउँथे ।बैंगलोरमा स्ट्रक्चरल इन्जिनियरिङ सकेका उनी र्‍यापसँगै इन्जिनियरिङ पेशामा पनि उत्तिकै सक्रिय छन् । काठमाडौंको मेयरमा उठ्न दौडधुप गरिरहेका उनै र्‍यापर/इन्जिनियर बालेन शाहसँग ई-कान्तिपुरकी रीना मोक्तानले गरेको कुराकानी

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *