काठमाडौं युथ कन्क्लेभ (केवाईसी) चैत २६ गते हुने भएको छ । युवाहरुलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकास गर्न सहयोग पुर्याउने उद्देश्यले विभिन्न कलेजहरुले संयुक्त रुपमा उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो ।
विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब पाँच हजार युवाहरु सहभागी हुने आयोजक समितिले जनाएको छ । आयोजक समितिको अनुसार विशेष गरेर कक्षा ११, १२ र स्नातक तहको विद्यार्थीहरु कार्यक्रममा सहभागी हुनेछन् ।
काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२१ को प्रमुख उद्देश्य विद्यार्थीलाई सही दिशानिर्देश गर्ने, सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने, परम्परागत शिक्षणविधिमा आवश्यक परिवर्तन ल्याउने, नयाँ उद्यमशीलतालाई प्रवद्र्धन गर्ने तथा सेलिब्रिटी र अन्य सरोकारवालाको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, र्यापर बालेन शाह, पर्यटन व्यवसायी कर्ण शाक्य, नबिल बैंकका सीईओ अनिल केशरी, पूर्व मिस नेपाल अनुश्का श्रेष्ठ, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राणा लगायतले सहभागी युवाहरुलाई अनुभव सुनाउने आयोजकले जनाएको छ ।