दक्षिण एसियास्तरीय पब्जी प्रतिस्पर्धा सुरु, ११ नेपाली टिम भाग लिँदै

दक्षिण एसियास्तरीय पब्जी प्रतिस्पर्धा सुरु, ११ नेपाली टिम भाग लिँदै

0Shares

 मंगलबारबाट नेपालका उत्कृष्ट ईस्पोर्टसका खेलाडीहरुले २०२२ पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङ (पीएमपीएल) प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

टेन्सेन्ट गेम्सले आयोजना गरेको दक्षिण एसियामा रहेका पब्जी मोबाइलका उत्कृष्ट खेलाडीहरुले अमेरिकी डलर १५०,००० का लागि प्रतिस्पर्धा गर्ने छन् । विजेताले पीएमपीएल दक्षिण एसिया च्याम्पियनको ताज पहिरिने छ 

पीएमपीएलले नेपाल, श्रीलंका र मंगोलियाबाट यस प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न एकपटक क्वालिफायर आयोजना गरेको थियो । यस पीएमपीएल क्वालिफायरमा भाग लिनका लागि उदाउँदै गरेका पीएमपीएल टिमका साथै २०२१ को पब्जी मोबाइल तथा पीएमपीएल २०२१ प्रतिस्पर्धामा उत्कृष्ट रहेका टिमहरुलाई पनि आमन्त्रण गरिएको थियो ।

प्रतिस्पर्धात्मक खेलपछि ४ वटा टिम छनोट भएका थिए भने यसअघि भएका प्रतिस्पर्धामा गरेको प्रदर्शनका आधारमा ७ वटा टिमलाई आमन्त्रण गरिएको छ ।

यस वर्षको पीएमपीएल दक्षिण एसिया प्रतिस्पर्धामा २० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा ११ वटा नेपाली टिम रहेका छन् । दि एट्राक्स ईस्पोर्टस, डेडआइज गाइज, भाइब्स ईस्पोर्टस, स्काइलाइट्ज गेमिङ, ट्रेण्ड टु किल, रअ ईस्पोर्टस, हाइ भोल्टेज, डीआरएस गेमिङ, ज्यानमारा ईस्पोर्टस, ७सि ईस्पोर्टस र इलिमेट्रिक्स टिमले खेलमा भाग लिँदैछन् ।

पीएमपीएल दक्षिण एसिया २९ मार्चदेखि सुरु भएर चार हप्तासम्म सञ्चालन हुने छ । हरेक साता २० टिमले साताको अन्तिममा हुने उत्कृष्ट १६ माझ हुने प्रतिस्पर्धामा आफ्नो स्थान पक्का गर्नका लागि खेल्नेछन् । चौथो हप्ताको अन्तिम प्रतियोगिता पश्चात सबै टिमले पाएको अंक गणना गरेर उत्कृष्ट टिम विजयी हुने छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *