राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिजोको गल्ती सच्याएर वैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्नुपर्ने धारणा राखेका छन् । ‘अब हामी देश बनाउँछौं, स्थानीय निर्वाचनमा हामीलाई जिताउनु होस्’ उनले भने, ‘कांग्रेस, एमाले र माओवादी एउटै सिक्काका दुई पाटा हुन्, जता ढल्के पनि एउटै हुन् ।’
