स्थानीय चुनावमा तरुण दलले देशभर स्वयंसेवक परिचालन गर्ने

स्थानीय चुनावमा तरुण दलले देशभर स्वयंसेवक परिचालन गर्ने

0Shares

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्थानीय तहको चुनावमा देशभर तरुण स्वयंसेवक परिचालन गर्ने भएको छ । तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङले ७७ वटै जिल्ला समितिहरूलाई पत्राचार गर्दै आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन तरुण स्वयंसेवक परिचालन गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष गुरुङले तरुण दलका जिल्ला समितिमार्फत संघीय निर्वाचन क्षेत्रहरू, पालिका र वडा तहसम्म निर्वाचन परिचालन सहयोग समिति बनाई सबै मतदान केन्द्रहरूमा स्वयंसेवक परिचालन गर्न भनेका छन् 

उनले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीको विभिन्न पदमा निर्वाचित भए पनि तरुण दलमा रहेका नेताहरूलाई तत्कालका लागि आफ्नो जिम्मेवारीअनुसारको काम गर्न गराउनसमेत निर्देशन गरेका छन् । ‘पार्टीको जिम्मेवारी निर्वाचित भए पनि तरुण दलको केन्द्रीय समितिको अर्को निर्णय नभएसम्मका लागि दलको जिल्ला अध्यक्षलगायत जिम्मेवारीमा रहेका सम्पूर्ण साथीहरूलाई आ–आफ्नो जिम्मेवारीमा यथावत रही काम गर्न निर्देशन गरिन्छ,’ उनले भनेका छन् ।

तरुण दलको तत्कालीन कार्यसमितिले अधिवेशन गराउन नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन समितिलाई विघटन गर्दै गुरुङलाई अध्यक्षमा मनोनीत गरेका हुन् । तर, पूरा कार्यसमिति नहुँदा गुरुङले काम गर्न सकेका छैनन् । उनलाई तीन तहको निर्वाचन सकिएको तीन महिनाभित्र तरुण दलको महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *