News

माओवादी बैठकमा रिपोर्टिङ : गठबन्धनमा कांग्रेस इमान्दार भएन

माओवादी बैठकमा रिपोर्टिङ : गठबन्धनमा कांग्रेस इमान्दार भएन

0Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसबाट सहयोग नभएको ‘रिपोर्टिङ’ भएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठकमा रिपोर्टिङका क्रममा प्रदेश अध्यक्षहरुले चुनावमा कांग्रेस इमान्दार नभएको सुनाएका छन् ।

बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गठबन्धनमा आफूहरुले इमानदारीपूर्वक मत हालेको तर कांग्रेसमा त्यो इमानदारिता नदेखिएको बताए ।

‘कांग्रेसले हामीलाई मत हालेकै देखिएन’, उनी भन्छन्, ‘जहाँ कांग्रेस कमजोर छ र हामी पनि कमजोर छौं, त्यस्तो ठाउँमा थोरै भोट आएको छ । अरु ठाउँमा हामीलाई साइजमा ल्याउन खोजिएको छ ।’

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा माओवादी केन्द्र दोस्रो भए पनि उप्रमुखसमेत नपाउँदा पार्टीमा पलायन बढेको सुनाए । ‘नेपालगञ्‍जमा हामी दोस्रो हो’, उनले भने, ‘तर उपमेयर पनि नपाउँदा हाम्रो पार्टीबाट अन्त गएर उम्मेदवार बन्ने अवस्था रह्यो। यसले पार्टीबाट पलायन बढ्यो ।’

कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले गठबन्धनबाट धोका भएको बताएकी थिइन् । उनको भनाइ थियो, ‘गठबन्धनमा धोका भयो। समाजवादीसम्मले हामीलाई भोट हालेन।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *