बादर को समूह ले बालख को हत्या।

बादर को समूह ले बालख को हत्या।

0Shares

४ साउन, भारत ।

भारतमा बाँदरको आक्रमणमा एक शिशुको ज्यान गएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको ज्यान गएको हो । रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुबामाथि आक्रमण गरेको थियो । हुलले आक्रमण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए ।
बच्चा गुमाएपछि बाबुले चिच्याएर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बाँदरले बार्दलीबाट तल भुइँमा खसालिदिएको थियो । शिशुको घटनास्थलमै मृत्यु भएको थियो । बाँदरले परिवारका अन्य सदस्यलाई पनि हमला गरेको थियो ।
घटना यतिसम्म हृदय विदारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो तर नाम राख्न नपाउँदै शिशुको भवनबाट खसेर ज्यान गयो ।

प्रकाशित मिति: बुधवार, श्रावण ४, २०७९, ०५:५६:००

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: