किम जोङ उनको म्यासेज ले अमेरिकि दादागिरिको भुतझर्यो।

किम जोङ उनको म्यासेज ले अमेरिकि दादागिरिको भुतझर्यो।

2Shares

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् ।

उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो ।

सन् १९५०–५३ को कोरियाली युद्धको अन्त्य भएको ६९ औं वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ ।

किमले आफ्ना विरोधी राष्ट्रहरूलाई आणविक हतियारको धम्की दिए पनि संयुक्त राज्य अमेरिका र यसका सहयोगी दलका उच्च सैन्य दलविरुद्ध ती हतियारहरू प्रयोग गर्ने सम्भावना निकै कम रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकले बताएका छन् ।

उत्तर कोरियाको आधिकारिक समाचार संस्था, कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार किमले बुधबारको सम्बोधनमा भने, “हाम्रो सशस्त्र फौज कुनै पनि संकटको प्रतिक्रिया दिन पूर्णतया तयार छ र हाम्रो देशको आणविक युद्ध रोकथाम पनि आफ्नो पूर्ण शक्तिलाई कर्तव्यपूर्वक, ठ्याक्कै र छिटो आफ्नो आवश्यकता अनुसार जुटाउन तयार छ ।

नेता किमले संयुक्त राज्य अमेरिकाले आफ्नो वैरभावपूर्ण नीतिलाई सफाइ दिन उत्तर कोरियालाई ‘प्रेतिकरण’ गरेको आरोप लगाए । उनले भने, “उत्तर कोरियालाई लक्षित गर्ने अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले अमेरिकाको ‘दोहोरो मापदण्ड’ देखाएको र यसले उत्तर कोरियाको नियमित सैन्य गतिविधिलाई ‘ब्रान्डिङ’ गरेको छ । यो उसको क्षेप्यास्त्र परीक्षणको स्पष्ट सन्दर्भ हो । उत्तर कोरियाले यसलाई उत्तेजना वा धम्कीको रूपमा ब्याख्या गरेको छ ।”

किमले राष्ट्रपति योन सुक योलको दक्षिण कोरियाको नयाँ सरकारको नेतृत्वले मुठभेड चाहेको बताए । नयाँ नेतृत्वलाई उनले दक्षिण कोरियाका परम्परावादी सरकारको निरन्तरता बताएका छन् । मे महिनामा पदभार ग्रहण गरेदेखि नै योन सरकार संयुक्त राज्य अमेरिकासँग सियोलको सैन्य गठबन्धनलाई सुदृढ पार्न र पूर्व आक्रमण क्षमतासहित उत्तर कोरियाका आणविक खतराहरूलाई तटस्थ पार्ने आफ्नो क्षमता बढाउन अघि सरेको छ ।

उत्तर कोरियाली अर्थव्यवस्था महामारीसँग सम्बन्धित प्रतिबन्ध, अमेरिकी नेतृत्वमा रहेका उत्तर कोरियाविरोधी प्रतिबन्ध र किमको आफ्नै दुरुपयोगका कारण उनले ठूलो सार्वजनिक समर्थन खोजिरहेका छन् ।

सियोलको इवा विश्वविद्यालयका प्राध्यापक लिफ–एरिक इस्लीले किमको पछिल्लो चेतावनीबारे भने, “सैन्य तथा आर्थिक तवरमा संघर्षरत शासनलाई सफाइ दिन बाह्य खतराको सन्दर्भ देखाएर किमको भनाइ आएको छ ।

उनले भने, “उत्तर कोरियाका आणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरू अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मानिन्छ तर किमले आफ्नो अस्थिर हातहतियार निर्माणलाई आत्मरक्षाको सही प्रयासको रूपमा चित्रण गर्ने कोसिस मान्न सकिन्छ

2Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: