गोल्डेन चान्स ।यदि अहिले तपाईंले बैंकमा १० लाख रुपैयाँ निक्षेप राख्नु भयो भने बैंकहले तोकिएको वर्षपछि १ करोड हुनेछ । त्यसमा कर्जाको पनि सुविधा बैंकहरुले ल्याएका छन् ।

गोल्डेन चान्स ।यदि अहिले तपाईंले बैंकमा १० लाख रुपैयाँ निक्षेप राख्नु भयो भने बैंकहले तोकिएको वर्षपछि १ करोड हुनेछ । त्यसमा कर्जाको पनि सुविधा बैंकहरुले ल्याएका छन् ।

17Shares

काठमाडाैं । पछिल्लो समय बैंकहरुबीच मुद्दती बचत योजनामा प्रतिस्पर्धा चलेको छ । बैंकहरुले आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाइरहेका छन्। यसअघि आधा दर्जन वाणिज्य र विकास बैंकहरुले मुद्दति योजना ल्याएकोमा अझै थप वाणिज्य बैंकहरुले पनि मुद्दति योजना ल्याएका हुन् । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला वाणिज्य र विकास बैंकहरुले आकर्षक बचत खाता योजना सार्वजनिक गरेका छन् ।

सर्वसाधारणबाट निक्षेप तान्नकै लागि बैंकहरुले उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका हुन् । बैंकहरुले १० गुणासम्म निक्षेप बढ्ने योजना ल्याएका हुन् । यदि अहिले तपाईंले कुनै बैंकमा १० लाख रुपैयाँ निक्षेप राख्नु भयो धने बैंकहले तोकिएको वर्षपछि १ करोड हुनेछ । त्यसमा कर्जाको पनि सुविधा बैंकहरुले ल्याएका छन् । कुन बैंकको कस्ता योजना ?

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ। बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने योजना सार्वजनिक गरेको हो।सो मुद्दती निक्षेप योजना अन्तर्गत तोकिएको समयावधिभित्र निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकको चाहना बमोजिम त्योभन्दा अझ बढी हुने बैंकले जनाएको छ ।

बैंकको योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागु हुने बैंकले जनाएको छ । तर उक्त मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । बैंकले समयानुकूल उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्ष रुपमा लावान्भित हुने खालका योजना ल्याउने गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, यस अन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निस्शुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षित गरि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी रकम पाउनेछन् । प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताहरुले १८ घातक रोगकाविरुद्ध बीमा १० लाख, दुर्घटना बीमामा १० लाख र १ लाखसम्मको स्वास्थ्य बीमाप्राप्त गर्न सक्नेछन । यस्तै, ग्राहकले आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

एनआईसी एसिया बैंक
एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई निरन्तरता दिएको छ । बैंकले यही आषाढ १२ गतेदेखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरू लक्षित गरेर ल्याइएको सो योजनामा देश एवं विदेशमा बस्ने ग्राहकको सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई २०७९ श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो । उक्त योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

यस्तै, आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकले जनाएकोे छ। यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो ।

कुमारी बैंक
कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएको छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएको हो । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएको बैंकले जनाएको छ ।

सो निक्षेप योजना अनुसार व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् ।

यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत् अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम ब्याजदर दिने मध्येमा यी योजनाहरु पर्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धति खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बताइएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ ।

एनएमबि बैंक
एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ ।

त्यसैगरी, ‘एनएमबि जन्मभूमि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ

सेञ्चुरी बैंक
सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुनणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिंङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ। बैंक अफ काठमाण्डूले बिओके सुपर बचत खातामा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिन्छ। ‘बिओके सुपर मुद्दतीमा लगानी, भविष्यको लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुण देखी १३ वर्षमा निक्षेपको चार गुणासम्मको प्रतिफल योजना ल्याएको हो ।

यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चार गुणा पाइने बैंकले जनाएको छ । खासगरी बिओके सुपर मुद्दती खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुई गुणा, १० वर्ष ३ महिनामा तीन गुणा र १३ वर्षको मुद्दती निक्षेपमा अधिकतम चार गुणासम्म प्रतिफल दिने जनाएको छ । यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले धनवृद्धि योजना अन्तर्गत आकर्षक मुद्धती खाता संचालनमा ल्याएको छ। बैंकले यस योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणाभन्दा बढी प्रतिफल दिने मुद्धती खाता संचालनमा ल्याएको हो । बैंकका अनुसार उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सक्ने जानकारी दिएको छ । यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुई गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकको लागि निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ बैंक
बैंकको अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ । यस मुद्दती खातामा ग्राहले बैंकले तोकेको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

सानिमा बैंक
सानिमा बैंकले बैंकले न्युनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्धति खाता ल्याएको छ । बैंकको यस योजना अन्तर्गत ३ वटा मुद्धति खातास् रेमिट्यान्स धमाका मुद्धति खाता, सानिमा धमाका मुद्धति खाता र सानीमा कर्पोरेट धमाका खाता रहेको छ । बैंकले सानिमा रेमिट्यान्स धमाका मुद्धति खाता अन्तर्गत ५।७९ वर्षमा दुई गुणा, ९.१८ वर्षमा तीन गुणा, ११.५८ वर्षमा ४ गुणा र १३.४५ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ ।

बैंकले सानिमा धमाका मुद्धति खाता अन्तर्गत ६.३२ वर्षमा दुई गुणा, १०.०१ वर्षमा तीन गुणा, १२.३ वर्षमा ४ गुणा र १४.६६ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । यस्तै, बैंकले सानिमा कर्पोरेट खाता अन्तर्गत ६.९४ वर्षमा दुई गुणा, ११ वर्षमा तीन गुणा, १३.८८ वर्षमा ४ गुणा र १६.१२ वर्षमा ५ गुणा रकम दिने जनाएको छ ।

बैंकले यसको न्युनतम मौजदात १० लाख रुपैयाँ हुनुपर्ने जनाएको छ ।साथै, बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा ब्याज प्रदान गर्ने भएको छ । बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गर्दै नेपाली तथा विदेशी मुद्रा खातामा यस्तो सुविधा दिन लागेका जनाएको छ । बैंकको अनुसार यो योजना बचत खाता, कल खाता तथा सम्पर्ण खाताहरुमा लागु हुनेछ ।

नेपाल बैंक
नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी, रेमिट्यान्सबाट प्राप्त रकम यस मुद्दती खातामा लगानी गर्दा छ वर्ष ११ महिना २ दिनमा रकम दुईगुणा हुनेछ । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

17Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: