ओली राजतन्त्र फर्काउन लागिपरेको छन् ।

ओली राजतन्त्र फर्काउन लागिपरेको छन् ।

0Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वको गठबन्धनको उद्देश्य भनेको अहिलेको परिवर्तन उल्टाउने रहेको टिप्पणी गरेका छन् ।

उनले भने,‘एमालेको नेतृत्वमा बनेको गठबनधनको उद्देश्य भनेको गणतन्त्र उल्टाउने हो । उनीहरुको राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्य राखेकाहरुको गठबन्धन छ ।’ उनले जनताले परिवर्तन उल्टाउन खोज्नेहरुलाई सजाय दिने पनि बताए ।

आज आइतबार सत्ता गठबन्धनको सुर्खेतमा आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले मंसिर ४ गतेको निर्वाचनलाई पनि परिवर्तन चाहने र नचाहनेहरुबीचको अन्तिम लडाईको रुपमा चित्रण गरेका छन् ।उनले पाँच दलीय गठबन्धन लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउन बनेको दाबी गरे ।

नोट : नेपाल अनलाइन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *