
कार्तिक १५ । दोलखाको विगु गाउँपालिका वडा नं ८ मा रहेको निको थाङ्मीचागु बहुउद्देश्य सहकारी संस्थाको विस्तारित बैठकबाट स्थानीय उपसमिति गठन गरिएको छ ।
निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष शुखिमाया थामीको अध्यक्षतामा बसेको बैठकले विविध प्रस्तावहरूमाथी विशेष छलफल गरेकाे छ । करीब ३० जनाको सहभागिता रहेको निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको विस्तारित बैठकबाट तपशिल बमोजिमका निर्णयहरु पारित गरिएको छ ।
तपशिल
१_ स्थानीय उपसमिति समिति गठन सम्बन्धमा ।
२_ शेयर सदस्यलाई पास बुक वितरण सम्बन्धमा ।
३_ सल्लाहकार समिति गठन सम्बन्धमा ।
विविध प्रस्ताव पारित गर्दै निम्न अनुसारका स्थानीय उपसमिति समिति गठन गरेको छ ।
१- अध्यक्ष _ सरिता थामी
२- उपाध्यक्ष _ खम्व बहादुर थामी
३- सचिव – लाल बहादुर थामी
४-उप सचिव – मायालु थामी
५- कोषा अध्यक्ष – निश्मा थामी
६- सदस्य – कविता थामी
८ गन्जमान थामी
९ दुर्गा थामी
१० विष्णुमाया थामी
११ लापमती थामी
१२ मन्दिरा थामी
१३ थम्बी थामी
१४ तीर्थ कुमारी थामी
लगायत सल्लाहकारहरु
भाजु थामी,विक्रम थामी ,भक्तबहादुर थामी ,हिरा थामी लगायत रहेका छन् भने कार्यक्रमममा नया शेयर सदस्यलाई पास बुक वितरण गरिने निर्णय पारित गर्दै बैठक समापन गरिएको सन्तोष थामीले जानकारी गराउनु भएको छ ।