गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

गोरखा अस्पतालमा डाक्टरलाई ढोका थुनेर कुटपिट

0Shares

गोरखा — गोरखा अस्पतालमा ड्युटीमा रहेका एक चिकित्सक कुटिएका छन् । ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर हातपात गरेको अस्पतालले जनाएको छ ।
आइतबार दिउँसो एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुगेकी थिइन् । रिपोर्ट चिक्तबुझ्दो नभएको भन्दै कुटपिट भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुन वमोजिम कारबाहीको लागि अस्पताल व्यवस्थापन समितिले माग गरेको छ । ‘ओपीडीमा कार्यरत डक्टरमाथि सुनियोजित रुपमा कुटपिट भयो,’ अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले भने,‘ड्युटीमा रहेकै बेला तीन युवाले ढोका लगाएर कुटपिट गरेछन् ।’ घटनाबारे अस्पताल प्रशासनले प्रहरीलाई पनि जानकारी गराएको छ ।

कुटपिटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए । ‘एक महिला थाइराइडको नियमित जाँचका लागि जानुभएको रहेछ, डक्टरले पहिलेको रिपोर्ट मागेपछि बाहिरबाट आएका तीन युवाले कुटपिट गरेका रहेछन्,’ उनले भने ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: