छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्द हुनेहोइन।

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्द हुनेहोइन।

0Shares

अनुहारलाई कसरी सफा, चमकदार र मुलायम बनाउने ? कसरी आँखीभौंलाई चिरिच्याट्ट मिलाउने ? कसरी ओठलाई रसिलो बनाउने ? कसरी कपाललाई सुहाउँदो बनाउने ? यिनै खोजहरुले सौन्दर्य प्रसाधनको बजारलाई सधैं चलायमान बनाइरहन्छ ।

रुपरंगप्रति महिलाहरु थप सजग छन् । उनीहरु आफूलाई सकेसम्म आकर्षक देखाउने प्रयत्नमा हुन्छन् । उनीहरु अनुहार, कपालको स्याहारका लागि कुनै झन्झट मान्दैनन् । सौन्दर्य प्रसाधनका लागि खर्च गर्न कञ्जुस गर्दैनन् । यसैले त आज सौन्दर्य प्रसाधनको बजार फैलिंदो छ ।

तर सौन्दर्य प्रसाधनले वास्तवमै कसैलाई सुन्दर बनाउँछ ? अनुहारको चाउरीपन हटाउन, दागधब्बा लुकाउन, चायापोतो हटाउन दिगो र प्रभावकारी भूमिका खेल्छ ?

सौन्दर्य प्रसाधनको प्रभाव

कस्मेटिक उत्पादनले छालाको चाउरीपन, चाया पोतो दाग हटाउन सकिंदैन । किनकि छालाको चाउरीपन चाया पोतो र दाग विभिन्न कारणले आएको हुन्छ । यसको एउटा मात्र कारण हुँदैन । प्रत्येक व्यक्तिमा यो समस्याको कारण छुट्टै हुने भएकोले सबैमा कस्मेटिक उत्पादनले यस्ता समस्या हटाउन सक्दैन । यस्ता उपाय दिगो पनि हुँदैन ।

कुनै प्रकारको क्रिम प्रयोग गरेर सौन्दर्य बढ्ने छालाको प्रकार नै परिवर्तन हुने कालो मान्छे गोरो हुने होइन । छालाको रंग र छालाको बनावट वंशानुगत रूपमा नै तय हुने कुरा हो । तर मोइस्चराइजर, सनस्क्रिन जस्ता क्रिमको प्रयोग गरेर छालालाई बचाउन र छालाको स्वास्थ्यलाई राम्रो बनाउन भने सकिन्छ 

केही सौन्दर्य प्रसाधनले भने अनुहारको चमक बढाउन, मुलायम बनाउन भन्दा पनि भएको चमकलाई कायम राख्न र त्यसलाई बिग्रिनबाट बचाउँछ ।

अनुहारको समस्या

अनुहारमा देखिने मुख्य समस्या डन्डीफोर, चाउरीपन, चायापोतो, दाग र एलर्जी आदि हुन् ।

यी समस्या हुने मुख्य कारण जेनेटिक नै हो । धेरै समस्या उमेर हर्मोनल कारणले पनि देखा पर्छन् । छालाको राम्रो सरसफाइ नगर्ने, धेरै सूर्यको किरण र धुँवाधुलोको सम्पर्कमा आउने र छालाको हेरचाह नगर्ने कारण पनि यस्ता समस्या देखा पर्छन् ।

समाधान के ?

अनुहारमा देखापर्ने विभिन्न समस्याको कारण फरक-फरक हुने भएकाले । यसको समाधानको उपाय पनि फरक–फरक नै हुन्छ । चाउरीपनको उपचार बुटक्स भएजस्तै केही समस्याको समाधान लेजर, औषधिको सेवन तथा मलमको प्रयोगबाट पनि हुन्छ ।

(डा. लामासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *