टर्कीका धार्मिक गुरु अथवा नेता ओक्तारलाई ८ हजार ६ सय ५८ वर्ष जेल।

टर्कीका धार्मिक गुरु अथवा नेता ओक्तारलाई ८ हजार ६ सय ५८ वर्ष जेल।

0Shares

संसारमा बिरलै हुने घटना टर्कीका धार्मिकनेता अदनान ओक्तारलाई यौन दुर्व्यवहारकाे आरोपमा अदालतले आठ हजार छ सय ५८ वर्षको जेल सजाय हुने सुनाएको छ ।

अदनानमाथि महिलासँग अभद्र व्यवहार गरेको भन्ने आरोप लागेको थियो । उनले महिलालाई यातना दिने, यौन दुर्व्यवहार गर्ने र तुच्छ शब्द प्रयोग गर्ने गरेको पनि अदालतले पुष्टि गरेको छ । यसअघि पनि उनिलाइ अदालतले अदनानलाई एक हजार वर्षको जेल सजाय सुनाएको थियो । अदनानले धेरै युवती उपस्थित हुने एक टीभी शो चलाउने गरेका थिए । युवतीलाई उनले धेरै मेकअप गर्न र कम लुगा लगाउन भन्ने गरेको पाइएको छ ।

६६ वर्षीय अदनान धार्मिक गुरु पनि हुन् । गएकाे वर्ष मा पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको बिसयमा मुद्दा परेको थियो । जसका कारण अदनानलाई एक हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको समेतको आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक देखिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: