
सुनसरी :
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राई कार्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै डिएसपी राईलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।
विभागीय मुल्य मान्यता, निर्देशनको पालना गरी व्यवसायिक र कर्तव्यनिष्ठ तवरले उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले सम्मान गर्दै आएको छ ।
डिएसपी राई व्यवसायिक र काविल प्रहरी अफिसर मानिन्छन् । यसअघि जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रमुखको रुपमा पनि उनले उत्कृष्ट काम गरेको भन्दै स्थानीयहरुले प्रशंसा गरेका थिए ।
त्यसअघि इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ, प्रहरी प्रभाग बुठानिलकण्ठ, काठमाडौंको प्रमुखको रुपमा पनि उत्कृष्ट काम गरेका थिए ।
यसैगरी राईसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) मिलन थापालाई पनि ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
दमक १० बस्ने १५ बर्षीय दियुष श्रेष्ठ र उर्लाबारी–८ का ४२ बर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टा छुट्टै घटनाहरुमा अभियुक्तहरुको पहिचान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएको भन्दै थापालाई सम्मान गरिएको हो । थापा ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत छन् ।