मृ’ त्यु भएका ४७१ जना स्याङ्जालीले स्वर्ग बाटै भोट रहस्य यस्तोछ।

मृ’ त्यु भएका ४७१ जना स्याङ्जालीले स्वर्ग बाटै भोट रहस्य यस्तोछ।

0Shares

काठमाडौं । मृत्युवरणलाई स्वर्गारोहणपनि भनिन्छ । मृत्युपछि मानिस स्वर्गमा गएरबस्ने विश्वास गरिन्छ । योलोकमा भने खरानी वा गलेर सकिन्छन् ।तर नेपालको स्याङ्जा जिल्लामा मृ’ त्यु वर्ण गरिसकेका ४७१ जनाले मतदान गरेको कुराबाहिर आएपछि अहिले विश्वभरी नै यस विषयको चर्चा भइरहेको छ ।

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना धेरैठाउँमा सकिएको छ । केही ठाउँमा भने जारी नै छ। उम्मेदवार र दलका नेता कार्यकर्ता मतपरिणाम पर्खिरहेका छन्। तर स्याङ्जा–२ मा अझै मतगणना सुरु भएको छैन । त्यहाँ सत्ता गठबन्धनले बुथ कब्जा गरेर फर्जी मत हालेको अरु दलहरुको आरोप छ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा एमालेका सचिव पद्मा अर्याल लडेको स्याङ्जा–२ मा भने यही कारण अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन। आइतबार मतदान सकिएपछि कांग्रेस कार्यकर्ताले ‘बुथ कब्जा’ गरेकोभन्दै एमालेले मतगणना हुन दिएको छैन।
एमालेले लगाएको बुथ कब्जाको आरोपलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकराज गुरूङसहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारले पनि समर्थन जनाएका छन्। स्याङ्जा–२ मा पर्ने चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र सोही वडाको दिनदयाली आधारभूत माविको बुथ कब्जा भएको एमालेको आरोप छ।

यी चारवटा बुथमा ९८ प्रतिशतसम्म मतदान भएको छ । उपस्थित नै नभएका र मृत्यु भइसकेका व्यक्तिको नाममा समेत मतदान गरेर मतपेटिका ल्याइएको एमाले उम्मेदवार पद्मा अर्यालले आरोप छ । उहाँले ४७१ भन्दा बढी मृ’ तकको नाममा मतदान भएको दावी गर्नुभएको छ ।

‘यतिधेरै मतदान विश्वमा कहीँ पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले पनि के रहेछ भनेर हेर्नुपर्छ।’ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भन्दै एमाले सचिवसमेत रहनुभएकी अर्यालले फेरि मतदान हुनुपर्ने माग राख्नुभयो ।‘जनताका हातले खसालेको मत हामी स्वीकार्छौं,’ उहाँले भन्नुभयो, ‘बुथ कब्जा गरेर अर्कैले खसालेको मत लोकतन्त्रमा स्वीकार्य हुँदैन।’

कांग्रेस कार्यकर्ताले यी चारवटा मतदान केन्द्रमा बुथ कब्जा र लुटपाट मच्चाएको उहाँले आरोप छ । चारवटा मतदान केन्द्रमा पुनः मतदान गर्न माग गर्दै एमालेले सोमबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्नासमेत दिएको थियो। यता, नेपाली कांग्रेस स्याङ्जा–२ का सभापति दिलिपप्रताप खाण जिल्लाभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले प्रश्न उठाउने ठाउँ नरहेको दावी गर्नुहुन्छ ।

एमालेले पुनः मतदान गर्न माग गरेका यी ४ मतदान केन्द्रमा एमालेकै बुथ प्रतिनिधिले समेत हस्ताक्षर गरेर मुचुल्का गरेको उहाँले दावी छ ।‘शान्तिपूर्ण रूपमा निर्वाचन भएपछि अब मतगणना थाल्नुपर्छ भन्दा एमालेले उजुरी लेखेर बखेडा झिक्यो,’ खाणले भन्नुभयो, ‘पुन मतदान भनेर जनतालाई दुःख दिनुहुँदैन।’

एमालेले भनेजस्तो बुथ कब्जा कहीँ पनि नभएको भन्दै उहाँले फेरि मतदान गर्दा एमालेकै कारण जनताले दुःख पाउने बताउनुभयो ।‘चुनाव हार्ने देखेर एमालेले झूटको खेती गरेको छ,’ उहाँको दावी छ । ‘जनतालाई दुःख दिने मनशाय हो भने फेरि जनताले जवाफ दिनेछन् उहाँले भन्नुभयो ।’ जिल्ला निर्वाचन कार्यालयले मतगणना थाल्न बाम्बार सर्वदलीय बैठक राखे पनि यहाँ सहमति हुन नसकेको बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *