
काठमाडौं : मंसिर १२ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती लाई हटाउन डोजर सहित लगभग ३०० नगर प्रहरी परिचालन गरेपछि त्यहाँबस्ने हरुले प्रतिकारमा उत्रिएका छन् ।
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि स्थानीयले इँटा ढुंगा र खुकुरी लिएर सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रहरीमाथि सस्क्त आक्रमण गरेका छन । उनीहरुको ढुंगा प्रहारबाट करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौं महानगरपालिकासँग समन्वय गरी वस्ती हटाउन खोजेको हो । यसअघि वस्तीबाट हट्न १० दिने अल्टिमेटम सूचना जारी गर्दा पनि उनीहरुले अटेर गरेपछि बलपूर्वक हटाउन डोजर परिचालन गरिएको थियो ।
अहिले सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको छ । सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत खटाइएको छ ।
प्रदननकारिले आफुहरुलाइ हटाउन खोजेको तर पुनर ब्यावस्थापन नगरेको कारण आफ्नो गांस बास कपासको लागिभएपनी बाध्यभएर प्रतिकारमा उतृएको भन्नेकुराको अनुमान लगाउन सकिन्छ ।।