नेपाल ले ठूलो संख्यामा नयांनोठ छाप्नको लागि भारतिय कम्पनिलाइ दिए जिम्मा ।

नेपाल ले ठूलो संख्यामा नयांनोठ छाप्नको लागि भारतिय कम्पनिलाइ दिए जिम्मा ।

0Shares

नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ ।भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो ।

राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता
गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ ।एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दरअनुसार रु एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो । त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो ।

यो पनि -सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु÷सेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छ ।

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक प्रालि, द पनाछें विउटी स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर, टाइमलेस मोमेन्टस् होटल, आवरण स्किन क्लिनिक प्रालि, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रा.लि., तुसाल मल्टि भेन्यू प्रालि, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रालिमा भुक्तानी गर्दै आएको छ ।

भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरुसंग २० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *