आफुहरु राजस्वका कर्मचार भएको बताउदै ठगीकाम गरेको आरोपमा पाँचथरकी एक युवती सहित ८ जना पक्राउ।

आफुहरु राजस्वका कर्मचार भएको बताउदै ठगीकाम गरेको आरोपमा पाँचथरकी एक युवती सहित ८ जना पक्राउ।

0Shares

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरुले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।

पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका मिनबहादुर विश्वकर्मा, अछामका सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरको फिदिम नगरपालिका–१ का २२ वर्षीय सिर्जना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन्।

उनीहरुको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित ५ लाख ८ हजार ६४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए।

उनीहरुमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ। अहिले पीडितहरुको उजुरी लिने काम भइरहेको पनि प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *