किरांत राई यायोख्खा हार्दिक अपिल ।प्रेस बिज्ञप्ति

किरांत राई यायोख्खा हार्दिक अपिल ।प्रेस बिज्ञप्ति

0Shares


प्रेस बिज्ञप्ति
किरात राई सांस्कृतिक कलाकार संघ किराती राई समुदायको जीवन दर्शन मुन्दुम, भाषा, धर्म, संस्कार, संस्कृति, लिपि, इतिहास, ऐतिहासिक तथा पुरातात्विक गढी, कोटघरहरू, सांस्कृतिक पहिचान र सभ्यतालाई गीत संगीत, वृत्तचित्र, चलचित्र, साकेला सम्बन्धि वृत्तचित्र , सिली, चित्रकला, मूर्तिकला, वास्तुकला, नाटक, हस्तकला आदिको माध्यम मार्फत अभिलेखीकरण, संरक्षण, सम्बर्दन, तथा प्रबर्दन गर्दै आएको र बिगत लामो समयदेखि आफ्नो पहिचानलाई स्थापित गर्नको लागि १ नं. प्रदेशलाई किरात नामाकरणको लागि आन्दोलनरत रहेको सबैमा जगजाहेर छ। किरात सभ्यताको गर्भमा हुर्किएको साकेला उभौली -उधौली महान् चाड, मौलिक भेषभुषा, सांस्कृतिक मौलिक बाजागाजा, पगरी (फेटा ) साकेला गीत जस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मूर्त र अमूर्त संस्कृतिको गलत प्रयोग र बिचलनप्रति सांस्कृतिक संघको गम्भीर ध्यान आकर्षण भएको छ । यी राई समुदायको जीवन दर्शनसँग प्रत्यक्ष जोडिने मुर्त तथा अमूर्त संस्कृतिहरू बारे संघको स्पष्ट धाराणा राख्नु चाहान्छु ।
किरातीहरूको जीवन दर्शन मून्दुम:
मून्दुम भनेको किरातीहरुको बिश्व, जीवन र जगतलाई बुझ्ने दृष्टिकोण हो । यो हजारौ बर्षको समष्टि र अनुभबहरूको सृङ्खला हो । यो कुनै एक व्यक्तिको ज्ञानबाट नि:सृत नभई सामुहिक रुपमा पुर्खाहरूको अनुभबबाट आर्जित बिकसित बौद्दिक बिरासत हो । मून्दुमलाई किरात संस्कृतिको मुख्य आधार मानिन्छ र मुन्दुम भित्र जन्मदेखि मृत्यूसम्मको संस्कार, संस्कृति सहित ब्यबहारिक जीवनका राजनीतिक, सामाजिक बिकास, आर्थिक प्राणाली, न्याय प्रणाली, सम्पूर्ण सांस्कृतिक जीवन पद्दतिलाई मून्दुमले निर्देशित गरिएको हुन्छ । मून्दुम दर्शनमा प्रकृतिको सम्मान – प्रकृतिवाद, पित्रको सम्मान – प्रित्रिवाद, आत्माको सम्मान – आत्मावाद र भौतिकवाद र बिज्ञानको समाबेस छन् । त्यसले किराती राई संस्कृतिसँग जोडिएर आएको मौलिक बाजागाजा, भेषभुषा, फेटा (पगरी), मौलिक चाड साकेला, मुन्दुमी सामाग्री वाबुक / सोलोया / चिन्डो आदि मूर्त तथा अमूर्त संस्कृतिको प्रयोग गर्दा मून्दुमी बिधि (प्राणप्रतिष्ठा) भएकोले सोहि आचारसंहिता अनुसार प्रयोग गर्नु सान्दर्भिक हुनेछ ।
१. मौलिक साकेला चाड र मौलिक बाजागाजाहरू :
मून्दुमी व्याख्या र दर्शन : मौलिक सांस्कृतिक चाड साकेलामा बाजागाजाहरू ढोल, झ्याम्टा, सिलिमी, पोमी, चिण्डो (वाबुक), पुङ् बाजा र सिली (अभिनयात्मक नृत्यकला) र मौलिक भेषभुषाको प्रयोग हुन्छ यो कार्यहरू नाक्छोङहरू Ritual journey (मून्दुमी यात्रा): गर्दा, सांस्कृतिक चार्डहरूः साकेला (उधौली-उभौली), खाउमो, सेग्रो, मालुदेल, चाक्चाखुर वाढाङमी, चवा, नागपूजा, भूमेपूजा, ओमाड़क, तोषखाम/धिउलु, चारी, ढुवाङकुम, वाढामी/वाढाङमेट आदि, कुलपित्र कार्यहरूः मोछामा, माङे, हुइलुङ, छौवा, साम्खा, शुभ कार्यहरूः वाईको (गर्भ पूजा/ सन्तान लाभको कामना), बिबाह, घरपैचो (नयाँघर निर्माण गर्दा), अशुभ कार्यहरूः मृत्यू संस्कार (राम्रो र नराम्रो मरण) सर्बसाधारण र नाक्छोङ (बिजुवा/धामीहरू), रिसिमी, मुन्दुमीहरूले सिलीहरू नाच्दछन् र अरू बेला समयमा नाच्नु र प्रयोग गर्नु नहुने मान्यता रहेको छ । यी संस्कृतिहरू गर्दा मून्दुमी बिधि (प्राणप्रतिष्ठा) अनुसार बाजागाजाहरू खोल्ने र राख्ने प्रचलन रहिआएको छ । यस अवसर बिशेष नाच्ने गाउने गर्दछन बाहेक अरु कार्यहरूमा बर्जित (निशेष) गरिएको र कतै कसैबाट भए कुलमा हानी हुने सुब्यफाब्ये नहुने अझ सिली नाच्नु नजाने मृत्यूसम्म हुने जनविश्वास रहीआएको छ ।
२. स्योलुमा / वाबुक / सोलोया / चिन्ड़ो:
मून्दुमी व्याख्या र दर्शन : किरात राई समुदायले प्रयोग गर्दै ल्याएका चिन्ड़ो (वाबुक) सांस्कृतिक मौलिक प्रतिकको रुपमा मुन्दुम अनुसार मान्दै आएका छन्। मून्दुम अनुसार वाबुक / सोलोया / चिन्डो जीवनको प्रतिकको रुपमा लिने गरिन्छ मून्दुममा वर्णित भए अनुसार पृथ्बीको सृष्टिसंगै चिन्ड़ोको लहरा पनि उम्रियो र एउटा हागामा चिन्ड़ो अर्को हागामा कुभिन्डो फल्यो यसको अर्थ कुभिन्डो चाहि कुहियो काल जस्तो मृत्यूको प्रतिकको रुपमा रह्यो त्यसैले ग्रहदशा काट्दा कुभिन्डोलाई काट्ने प्रचलन र चिन्ड़ो लामो समयसम्म रह्यो त्यसलाई जीवनको प्रतिकका रुपमा ल्याए । यसरी सृष्टि भन्ने लहरा एक हागा जीवनतत्व चिन्ड़ो फल्यो र अर्को हागामा मृत्यूतत्व कुभिन्डो फल्यो त्यसकारण मानबको सृष्टिमा दुईवटा बिपरित तत्वले बनेको हुन्छ भन्ने दार्शनिक अर्थ लाग्दछ । मुन्दुम दर्शन अनुसार किराती जीवनको प्रतिकरुपमा मान्ने मून्दुमी सामाग्री वाबुक/ सोलोया चिन्डोको उत्पति मानब बिकासको इतिहास जतिकै पुरानो रहेको छ ।
प्रयोग गर्ने मून्दुमी मान्यता : मून्दुममा यसलाई सोलीमा देउ मालीमा देउ भन्छन् (मुख गाठो नभएको ) यो चाहि धामीहरू प्रयोग गर्छन् र वाबुक यसलाई मून्दुममा आरावा खारावा (मुखमा गाठो भएको ) भन्छन् । मुन्दुम अनुसार यसको पहिलो प्रयोग पारुहाङ र सुम्निमाको पालाबाट शुरुआत भएको पाइन्छ । अहिले आममानिसले पवित्र सांस्कृतिक सामग्रीको रुपमा प्रयोग गर्ने मान्यता रहेको छ । यसमा माङ् देवताको बास हुने, (बिरामी सातो/आत्मा ) माङ्ले रुचाएको र पुजा गर्दा प्राय शुभकार्यमा प्रयोग गरिने हुदा यसको सम्मानको लागि खाली भुईमा राख्नु नहुने, खुट्टाले टेक्नु नहुने, छुनु नहुने अरुले छुन नहुने, अपमान गर्नु नहुने आदि मून्दुमी मान्यता रहेको छ ।
३. फेटा (पगरी / पियालक्चो / सेवारी /दोलोकुम ) :
मून्दुमी व्याख्या र दर्शन : फेटा / पगरी किरात राई समुदायले अति पबित्र / शुभ कार्यका लागि प्रयोग किराती राईहरूले संस्कृति आदिम शिकारी युगबाट नै फेटा / पगरी शिरपोसलाई प्रयोग गर्दै ल्याएका छन् । तत्कालीन समाजको नेतृत्व धामीहरू गर्ने र समाजमा उनीहरू अलिक फरक देखिनुपर्ने भएकाले शिकार मारेका चराको प्वाखहरूबाट आरम्भ हुदै कृषियूगमा प्रवेश गरेपछि सुनाखरी (आम्लाबूङ) बानाए जो आदिम किराती राजा बुधाहाङ् र आदिम चेली सोइसोइलाले माईतिको शीर उठाएका मून्दुमी व्याख्या रहेको पाइन्छ । यसको बिकासक्रम धातुयूगमा आएपछि राजामहाराजहरूले यसको नक्कल गरी प्रयोग गरेको देखिन्छ भने बर्तमान समयमा आम राई समुदायमा फेटा / पगारी/ पियालक्चो / सेवारी/ दोलोकुमको रुपमा सांस्कृतिक कार्यहरूमा प्रयोग भएको देखिन्छ ।
मुन्दुमी पवित्राको मान्यता : पबित्र कार्यको लागि बिशेष व्यक्ति / व्यक्तित्वहरूले मात्र प्रयोग गर्ने र पहिरन गर्दा मून्दुम बाचन गर्दै गाउदै लगाईदिने चलन छ। जस्तो: मून्दुम बाचन गर्दा किराती नामहरू बंश, पाछा, सामे, बबी, सुप्तुलुङ, मेचिनुङ् अनिबार्य उल्लेख गर्नुपर्ने मान्यता रहेको र यदि नभए फेटाको मून्दुमी बिधि (प्राणप्रतिष्ठा) भएको मानिदैन ।
मून्दुमी सांस्कृतिक प्रयोग: सांस्कृतिक कार्यहरू बिबाहमा बेहुला /बेहुली, कोंग्पी, कालिया, नाक्छोङ, साकेला उधौली उभौली, सम्मान, प्रतिष्ठा, सायारेम्मा (शीर उभ्यौनी) जस्ता अनि नै पबित्र कार्यहरूमा मात्र प्रयोग गर्नुपर्ने मुन्दुमी मान्यता रहिआएको छ ।
फेटा पहिराउने बिधि : सेतो कपडा (शान्ति सम्मानको प्रतिक), ३ फन्को लगाउने (५ वा ७ फन्कोसम्म ) तीन चुल्होको प्रतिक, दाहिने साइड (Anti clock) बाट लगाउने, शीर माथि भालेको प्वाख जस्तो आकास फर्काउने (जीबनको प्रतिक) फेटाको अन्तिम भाग घाटी वा जमिनतिर झार्ने मृत्यूको प्रतिक मून्दुमी व्याख्या रहेको छ।

सांस्कृतिक संघको धाराणा तथा स्पष्टीकरण:

१.किराती सभ्यताको गर्भ भित्र जन्मी हुर्किएर आएका यी संस्कृतिहरूलाई पबित्रता कायम गर्नु आजको मुख्य चुनौति हो
सामाजिक बिज्ञानमा सत्यहरू (ontology) फरकफरक हुने भएकोले यी संस्कृतिहरूमा भएको सत्य पत्ता लागाउन हजारौ बर्षको समष्टि र अनुभबहरूको सृङ्खला रुपमा आएको देखिन्छ यसको संरक्षण, सम्बर्दन, प्रबर्दन गर्नु नै संघको स्थापना भएकोले यो प्रमुख दायित्व हो ।
२. कुनै पनि संस्कृतिहरू निजि हुदैनन् यस संघलाई राम्रो हेक्का छ, एक समुदायमा प्रचलित संस्कृति अरुले आत्मीकरण गर्ने उसले ग्रहण गर्न सक्छ यस अर्थमा संस्कृतिहरू साझा नै हुन्छन् यद्दपि त्यसको मूल्यमान्यता अनुसार प्रयोग अनिबार्य शर्त हो।
३. किरात राईहरूको मौलिक चाड साकेला महान् चाड भनी सम्बोधन गर्दै आएकोमा यसलाई साकेला पर्ब / चण्डी जस्ता शब्द प्रयोग भएकोमा खेद प्रकट गर्दै साकेला महान् चाड भनी सम्बोधन गर्नु अपिल गर्दछौ ।
४. पबित्र सांस्कृतिक कार्यका लागि प्रयोग हुने स्योलुमा /वाबुक /सोलोया / चिन्डो सांस्कृतिक मौलिक भेषभुषामा गलत प्रयोग मून्दुम मूल्य मान्यता बिपरित भएकाले यस्ता प्रयोग गतिबिधि अबिलम्ब रोकियोस् ।
५. मौलिक भेषभुषा, सांस्कृतिक बाजागाजा, फेटा/ पगरी सांस्कृतिक पहिचान बारे संघ छैटौ राष्ट्रिय सम्मेलन -२०८० धरान घोषणा पत्रमा स्पष्टीकरण पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको हुदा सोहि अनुरुप ग्रहण गरीदिनु हार्दिक अनुरोध छ ।
६. मौलिक भेषभुषा, सांस्कृतिक बाजागाजा, साकेला गीत, फेटा/ पगरी/ पियालक्चो/ सेवारी/ दोलोकुम चिन्डो माथि भएको सांस्कृतिक बिचलन, धार्मिक अतिक्रमण प्रति खेद प्रकट गर्दै अबिलम्ब रोकियोस् सबैमा अपिल गर्दछौ ।
७. यस्ता सांस्कृतिक बिचलन कार्यहरूबाट किरात राई समुदायको नै मुन्दुमी धार्मिक आस्था, बिश्वास,भावना, मूल्य मान्यताप्रति आघात पुग्न गएकोले निन्दनीय छन् र अबिलम्ब यस्ता गतिबिधि रोकियोस् सबैमा अपिल गर्दछौ ।

अध्यक्ष:
शालिक शातासक राई शालिक राई
किरात राई सांस्कृतिक कलाकार संघ ।
यलम्बर संबत ५०८३- पौष (बि. सं. २०८०-०९-१९)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: