कतारका राजालाई स्वागत गर्न सार्वजनिक बिदा

कतारका राजालाई स्वागत गर्न सार्वजनिक बिदा

0Shares
Oplus_0

काठमाडौं– सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा २०८१/बैशाक/११ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका हो।

कतारका अमिर थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ।

उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: