दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्ने, दयाहाङ र विपिन मुख्य भूमिकामा

दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्ने, दयाहाङ र विपिन मुख्य भूमिकामा

0Shares

दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘के घर के डेरा’ निर्माण हुने भएको छ । कमेडी तथा सोसल ड्रामा फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका हुनेछ ।

दुई वर्षअघि यही शीर्षकमा फिल्म निर्माणको घोषणा गरिएपनि निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको हो । निर्देशक खनालले कथावस्तु र नयाँ टिमसहित फिल्मलाई अघि बढाइएको जानकारी दिए ।

वैशाख तेस्रो सातादेखि सुरु हुने छायांकन चाहिं काठमाडौं उपत्यकाभित्रै हुनेछ । निर्देशक खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका हुन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ उनले भने ।

प्रेसमिटमा निर्देशक खनालले भने, ‘घर भएका र घर नभएका दुवै वर्गको कथामा हास्य ढंगले फिल्म बन्नेछ ।’ अभिनेता राईले धेरै समयपछि आफ्नो फिल्म काठमाडौंमै छायांकन हुन लागेको जानकारी दिंदै मनोवैज्ञानिक रुपमा आफ्नो चरित्र नयाँ भएको बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: