चौधरी ग्रुप लाई जरिबानाः बजारमा निम्न गुणस्तरहीन वाइवाइ चाउचाउ बिकृगरेको चाउ चाउले स्वास्थ्यमा पर्नसक्ने गम्बिर असर।

चौधरी ग्रुप लाई जरिबानाः बजारमा निम्न गुणस्तरहीन वाइवाइ चाउचाउ बिकृगरेको चाउ चाउले स्वास्थ्यमा पर्नसक्ने गम्बिर असर।

0Shares

काठमाडौं– काठमाडौं महा नगरपालिकाले न्यून गुणस्तरको वाइवाइ चाउ चाउ भेटिए पछि चौधरी ग्रुप लाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । महा नगरपालिकाको बजार अनुगमन समितिले न्यून गुणस्तरको चाउ चाउ पाए पछि चौधरी ग्रुपलाई २ लाख रुपियाँ को जरिबाना गराएको हो ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै उक्त ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिबाना गरिएको हो । उक्त जरिबाना कम्पनीले सात दिन भित्र बुझाउनु पर्नेछ ।

महा नगरका अनुगमन निरीक्षक डा.अबधेश झाले नेपालहेल्थप्रेससंग कुरा गर्दै भने–‘चाउचाउ बनाउन प्रयोग गरिएको तेलमा समस्या देखिएको हो । उक्त तेल सरकारले तोकेको मापदण्ड भन्दा अत्याधिक न्यून गुणस्तरको देखियो ।’

‘चौधरी ग्रुपलाई एक साता भित्र जरिनामा तिर्नु पर्छ, नत्र कारबाही अगाडि बढनेछ’, डा.झाले चाउचाउको उक्त ब्याचमा प्रयोग गरिएको तेल खाना योग्य न देखिएकोले यसलाई नष्ट गर्नु पर्ने समेत बताए ।

महा नगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ब्याच नं. एएल/वाइएल २३ को चाउचाउ जफत गरेपछि, १५० ग्राम नमुना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो ।

नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनमा खैरो रङ्गको चाउचाउमा गाढा खैरो र कालो  धब्बा रहेको समेत उल्लेख छ । प्रतिवेदन अनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजीकेओएच/जी ओइल देखिएको छ । यसको भ्यालु १ भन्दा बढी हुनुहुँदैन।

विज्ञहरूको अनुसार चाउचाउमा बनाउन उपयोग गरिएको अत्यन्त न्यून गुणस्तर को तेल ले गर्दा यस्ता खाद्य पदार्थ नियमित प्रयोग गर्दा क्यान्सर लगायत विभिन्न घातक रोग हुन सक्ने जोखिम रहन्छ ।

उक्त चाउचाउ को बिक्री सँग सम्बन्धित डिलर एसके इन्टरप्राइजेजले महा नगरपालिकाको कृषि तथा पशुपक्षी विभागलाई पत्र समेत लेखेको छ । उक्त पत्रमा ब्याच नम्बर एएल/वाइएल २३ को को चाउचाउ बजारबाट फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सीजी फुड नेपाल आफै हुने समेत पत्रमा उल्लेख गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: