कतार मा जारी भएको फिफा विश्वकपमा दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेविरुद्ध खेलिरहेको छ। यी दुई टोलीबीचको खेल एजुकेसन सिटी स्टेडियममा भइरहेको छ । खेलमा आज दक्षिण कोरिया टिमका कप्तान ह्युङ–मिन सन कालो मास्कलगाएर खेलिरहेका छन् ।
टोटेनह्यामका यी स्टारले फेसनका लागि नभएर अनुहारमा लाग्नसक्ने चोटबाट जोगिन मास्कको प्रयोग गरेका हुन् । मास्क अनुहारको हड्डीलाई प्रभावबाट जोगाउन डिजाइन गरिएको छ । र, यसले थप चोटपटकको जोखिमबाट कम गर्छ । नोभेम्बरको सुरुमा मार्सेलीविरुद्धको च्याम्पियन्न लिगको भिडन्तमा टोटेनहमका लागि खेल्दा सनलाई चोट लागेको थियो ।
चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो।आँखा को चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ।
फुटबल मा अनुहारको मास्क सामान्य नदेखिए पनि धेरै हाई प्रोफाइल खेलाडीहरूले खेल्दा त्यसलाई लगाउने गरेका छन् । उदाहरणकालागि एन्टोनियो रुडिगर । उनले युरो २०२० मा जर्मनीका लागि खेल्दा मास्क लगाएका थियो।
विश्वकप फुटबलमा स्विटजरल्याण्डले विजयी सुरुवात गरेको छ । ग्रुप ‘जी’ अन्तर्गत मा भएको बिहीबारको पहिलो खेलमा क्यामरुनलाई १–०को गोल अन्तरले हराउँदै स्विटजरल्याण्डले विजयी सुरुवात गरेको छ।
अल जनुब स्टेडियममा भएको खेलमा स्विटजरल्याण्डको जितमा क्यामरुनी मूलका ब्रेल एम्बोलोले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ब्रेलको जन्म १४ फेब्रुअरी १९९७ मा क्यामरुन भन्नेठाउमा भएको थियो । उनका बुबा अहिले पनि क्यामरुनमै बस्छन् ।
क्यामरुनविरुद्ध गोल गर्दा ब्रेल भावुक देखिए को थिए। उनले शान्त रहँदै सेलिब्रेसन पनि गरेनन् । यो जितसँगै स्विटजरल्याण्डले तीन अंक जोडेको छ । क्यामरुनले भने प्रतियोगितामा हारबाट सुरुवात गरेको छन । समूह ‘जी’ मा क्यामरुन र स्विटजरल्याण्डसहित ब्राजिल र सर्बिया पनि छन् । यही समूहमा आज राति ब्राजिल र सर्बिया खेल्दैछन् । यी दुई टोलीबीचको खेल राति १२ः४५ देखि सुरुहुने भएकोछ।।