दराजमा सामान किन्दा नेपाल बैंकका ग्राहकले छुट पाउने

दराजमा सामान किन्दा नेपाल बैंकका ग्राहकले छुट पाउने

0Shares

अनलाइन सपिङ पोर्टल दराजले नेपाल बैंकमा खाता भएकालाई छुट प्रदान गर्ने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरे । 

चैत २८ देखि छुट सेवा लागू हुनेछ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले दराजबाट अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । बैंकले ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । देशभर बैंकका २१३ शाखाहरु, १६० एटीएम साथै ५० एक्सटेन्सन काउन्टर संचालनमा छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: