श्रीलंकाका प्रधानमन्त्री ब बिक्रमासिङ्घेले दिए राजिनामा ।

श्रीलंकाका प्रधानमन्त्री ब बिक्रमासिङ्घेले दिए राजिनामा ।

0Shares

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घेले दिए राजीनामा / राष्ट्रपति निवास प्रदर्शनकारी को कब्जामा/राजापाक्षेले देश छोडेको अड्कलबाजी
श्रीलंका -श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमा सिङ्घेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । श्रीलंकामा जारी आर्थिक संकट र ठूलो जनआक्रोशका कारण विक्रमासिङ्घेले राजीनामा दिनुपरेको हो । विक्रमासिङ्घेले यहि बर्ष वैशाख २९ गते श्रीलंकाको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए। तर, पनि प्रदर्शनकारीहरू राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामाको मागमा अडिग छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘सबै नागरिकको सुरक्षा लगायत सरकारको निरन्तरता सुनिश्चित गर्न सर्वदलीय सरकार बनाउनका लागि पार्टीका नेताहरुको उत्तम सुझावलाई म आज स्वीकार गर्दछु । यसका लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु ।
यसअघि श्रीलंकामा ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका थिए । सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडपमा दुई प्रहरीसहित कम्तीमा ३० जना घाइते भएको बताइएको छ । आन्दोलनकारीले राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । मध्य कोलम्बोको कडा सुरक्षामा रहेको फोर्ट क्षेत्रमा नाकाबन्दी हटाएर शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपतिको निवासमा आक्रमण गरेका थिए। केही प्रदर्शनकारीको हातमा श्रीलंकाको झण्डा र हेलमेट थियो ।
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले समसामयिक अवस्थाबारे छलफल गरी तत्काल समाधान खोज्न पार्टीका नेताहरुको सहभागितामा आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री विक्रमासिङ्घेले पार्टीका नेताहरूलाई आफू राजीनामा दिन र सर्वदलीय सरकारको बाटो बनाउन तयार रहेको बताएको पीएमओले जनाएको छ। यसैबीच, बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई राजीनामा दिन आग्रह गरिएको समाचारमा जनाइएको छ । सभामुखलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्ताव गरिएको छ ।
देशमा जारी संकटका कारण मार्च महिनादेखि राजपाक्षेमाथि राजीनामा दिन दबाब बढ्दै गएको छ । गत अप्रिलमा प्रदर्शनकारीले उनको कार्यालयको प्रवेशद्वार कब्जा गरेपछि उनले राष्ट्रपति निवासलाई आफ्नो निवास र कार्यालयको रूपमा प्रयोग गर्दै आएका छन्। स्रोतका अनुसार शनिबारको विरोध प्रदर्शनको आशमा राष्ट्रपतिलाई शुक्रबार निवासबाट बाहिर निकालिएको थियो । राष्ट्रपतिलाई कहाँ लगिएको हो थाहा छैन । तर, राजापाक्षेले देश छाडेर गएको अनुमान गरिएको छ । प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय र सरकारी निवास दुवै कब्जा गरेका छन् । (हिन्दी दैनिक अमर उजाला वाट साभार )

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: