अ्मेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्तृत भएपछी अपतकाल घोषणा।

अ्मेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्तृत भएपछी अपतकाल घोषणा।

0Shares

८ साउन , एजेन्सी ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ । योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गएको शुक्रवारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहले प्रयास गरिरहेका छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ भने डढेलोका कारण १० वटाभन्दा धेरै घर जलेर जष्ट भएका छन् ।
डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ ।

यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ । क्यालिफोर्नियाको वारुण विभागले विस्फोटक रूपमा आगो फैलिरहेकाले नियन्त्रणमा चुनौती रहेको बताएको छ । क्यालिफोर्नियाका गभर्नर गभिन न्युसोमले सुक्खासँगै गर्मी मौसमका कारण आगो फैलिएको बताउनु भएको छ ।

प्रकाशित मिति: आइतवार, श्रावण ८, २०७९, ०५:४९:००

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: