प्रदेश न १ मा सत्तागठबन्दनलाइ पछिपार्दै बिपक्छी गठबन्धन ले ल्याए बहुमत।

प्रदेश न १ मा सत्तागठबन्दनलाइ पछिपार्दै बिपक्छी गठबन्धन ले ल्याए बहुमत।

0Shares

प्रदेश १ मा सत्ता गठबन्धनलाई पछाडि पार्दै एमाले गठबन्धनले बहुमत प्राप्त गरेको छ। प्रदेश १ मा शुक्रबार समानुपातिकतर्फको मत गणना सकिए भएसँगै प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति प्रदेश सांसद प्राप्त गर्ने स्पष्ट भएपछि सरकार गठनको कसर सुरु भएको हो ।

एमालेको प्रत्यक्षमा २५ समानुपातिकमा १५ सहित जम्मा ४०, कांग्रेसको प्रत्यक्षमा १७ समानुपातिकमा १२ सहित जम्मा २९, माओवादी केन्द्र प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सांसद

सुनसरी ४ मा मतगणनाको क्रममा विवाद भएकाले केहि ढिलो भएपनि समानुपातिकतर्फको मत गणना शुक्रबार सम्पन्न भएको छ । यस प्रदेशको १४ जिल्लास्थित ५६ प्रदेश निर्वाचन क्षेत्रमध्ये एमालेले सबैभन्दा बढी २५, कांग्रेस १७, माओवादी केन्द्र ९, नेकपा (एकिकृत समाजवादी) ३ र राप्रपाले २ क्षेत्र जितेको छ।

समानुपातिक तर्फ यस प्रदेशको निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको सदर मत १८ लाख ९९ हजार १ सय ४४ मतमध्ये १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउने दलमा एमाले पहिलो, कांग्रेस दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो, जनता समाजवादी पार्टी (जसपा) पाँचौ र एकिकृत समाजवादी पार्टी छैठौँ स्थानमा रहेको छ।

समानुपातिक तर्फ एमालेले ६ लाख ६५ हजार ४ सय ६०, कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, राप्रपाले १ लाख ९८ हजार ५ सय ११, माओवादी केन्द्रले १ लाख ८१ हजार २ सय ४५, जसपाले ६१ हजार ७ सय २३ र एकिकृत समाजवादीले ५५ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । अघिल्लो पटक समानुपातिकमा एउटा प्रदेश सांसद पाएर राज्यमन्त्रीसम्मको यात्रा तय गरेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ५ सय ३१ मतमा सिमित भएको छ । संयुक्त लोकतान्त्रिकले १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउन असफल भयो।

समानुपातिक सिट बाँडफाँडको सुत्र अनुसार दलहरूले प्राप्त गरेको मतको आधारमा सामानुपातिकतर्फको ३७ प्रदेश सांसदमध्ये एमालेले १५, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जसपा र एकिकृत समाजवादीले १/१ प्रदेश सांसद पाउने भएको छ । ९३ सदस्यीय प्रदेशसभामा समानुपातिक र प्रत्यक्ष गरी एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६, एकिकृत समाजवादीले ४ र जसपाले १ प्रदेश सांसद प्राप्त गर्ने निश्चित भएको हो। यस आधारमा एमाले गठबन्धनमा रहेको दलहरूले ४७ र सत्ता गठबन्धन दलहरूले ४६ प्रदेश सांसद प्राप्त गर्ने भएकोछ र सरकार गठनको कसरत सुरु भएको हो । तर यसपटक संघीय लोकतान्त्रिकले थ्रेस होल्ड नै कटाउन नसकेकोले समानुपातिकमा प्रदेश सांसद पाउने दलमध्ये एउटा दल घटेको छ । यसपटक समानुपातिकतर्फ राप्रपाले गत निर्वाचनमा प्राप्त गरेको ३.३० प्रतिशतभन्दा ७.१५ प्रतिशत बढी मत ल्याएपछि एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपाको मत घटेको छ । एमालेले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ३८.७९ प्रतिशत, कांग्रेसले ३३.७६, माओवादीले ११.९१, जसपाले ४.०६, राप्रपाले ३.३० र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १.५ प्रतिशत मत प्राप्त गरेपनि।

यसपटक समानुपातिकतर्फ एमालेले गत निर्वाचनभन्दा ३.७५ प्रतिशत कम, कांग्रेसले ४.१२ प्रतिशत कम, माओवादीले २.३७ प्रतिशत कम मत प्राप्त गरेको छ ।

प्रदेश न १ को मुख्यमन्त्री हिक्मत कुमार कार्की लाई पार्टिले अगाडि सार्ने संकेत देखिएकोछ। कार्की ले आफु दाबेदार रहेको जनाएकोछ।

पहिलो प्रदेशसभामा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिक १५ गरी ५१, कांग्रेसले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ गरी २१, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ५ गरी १६, जसपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ २ गरी ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १/१ प्रदेश सांसद प्राप्त गरेका थिए । अघिल्लो प्रदेशसभामा एमाले नेतृत्वमा वाम गठबन्धनको दुई तिहाइभन्दा बढीको सरकार साढे तीन वर्षमा ढलेको थियो । एमाले विभाजन भएर ५ प्रत्यक्ष र ५ समानुपातिक प्रदेश सांसद नेकपा (एकिकृत समाजवादी) मा गएपछि सरकार ढलेको थियो । त्यस पछि ५ दलीय गठबन्धनको समर्थनमा एकिकृत समाजवादीका राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार गठन भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: