सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन संसारभरका सबै देशलाई डब्ल्यूएचओको अनुरोध।

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन संसारभरका सबै देशलाई डब्ल्यूएचओको अनुरोध।

0Shares

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले संसारभरका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ।

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई-चुरोट(भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै सुर्तिजन्य पदार्थको कुलत रोक्न यस्तो आग्रह गरेको हो ।

सुर्तीजन्य पदार्थसँगै ई – चुरोटले युवालाई गलत लतको सिकार बनाउँदै लगेको दाबी गर्दै डब्ल्यूएचओले अब प्रतिबन्धको कदम चाल्न ढिलाई हुने बताएको छ ।

ब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३-१४ वर्षका अधिकांश बालबालिकाहरूले ई-सिगरेट प्रयोग गरिरहेकाे भन्दै उनीहरू निकोटिनको लतमा परेकाे बताएकाछन् ।

युवाहरूको स्वास्थ्य जोगाउन सबै जिम्मेवारीसहित गम्भीर बन्न जरुरी भएको डब्ल्यूएचओले उल्लेख गरेको छ । डब्ल्यूएचओको आह्वान पूर्व नै धेरै देशले उमेर समूह तोकेर प्रतिबन्धको कदम चालिसकेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: