स्वास्थ्यकर्मी तथा चिकिश्सक र कर्मचारीलाई बाहिर पूर्ण कालीन काम नगर्न स्वास्थ्य मन्त्रालयको अपिल।

स्वास्थ्यकर्मी तथा चिकिश्सक र कर्मचारीलाई बाहिर पूर्ण कालीन काम नगर्न स्वास्थ्य मन्त्रालयको अपिल।

0Shares
Oplus_131072

काठमाडौं —- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो चिकित्सक, स्वास्थ्य कर्मी तथा कर्मचारी हरूलाई बाहिर काम नगर्नको अपिल गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आफू अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी एवं कर्मचारीहरू बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरू तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्ण कालीन रूपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको जनाउँदै उक्त अपिल गरेको हो ।

यसरी काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने भएको जनाउँदै स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी कार्यमा संलग्न चिकित्सक, स्वास्थ्य कर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानुन सम्मत क्रियाकलाप गर्न अनुरोध गरेको छ ।

मन्त्रालय का सचिव मधुसुदन बुर्लाकोटी बाट उक्त अपिलमा यसबाट पर्न जाने असर प्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने समेत जनाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: